Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

डण्डा सुरक्षा गुल्मको सक्रियता बढेसँगै एक करोड ७० लाखभन्दा बढीका सामान बरामद

डण्डा सुरक्षा गुल्मको सक्रियता बढेसँगै एक करोड ७० लाखभन्दा बढीका सामान बरामद
विज्ञापन
Advertisement

सिद्धार्थनगर (भैरहवा) । नेपाल–भारत सीमावर्ती डण्डा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै पछिल्लो दुई महिनामा एक करोड ७० लाख ६१ हजार १४६ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सशस्त्र प्रहरी बलको डण्डा सुरक्षा गुल्मले गत जेठ ८ गतेदेखि असार २६ गतेसम्म भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइँदै गरेका विभिन्न सामान नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालयलाई बुझाएको जनाएको छ।

गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईका अनुसार बरामद गरिएका सामानमा लत्ताकपडा, हार्डवेयर तथा शृङ्गार सामग्री, फलफूल, पेयपदार्थ, किराना सामग्री तथा मेसिनरीका उपकरण रहेका छन्।

उनले नियमित गस्ती, जाँचपड्ताल, सूचना सङ्कलन तथा अन्तरनिकायबीचको समन्वयका कारण उल्लेख्य परिमाणमा अवैध सामान नियन्त्रण गर्न सफल भएको बताए। उनका अनुसार पछिल्ला दिनमा लागुऔषध ओसारपसार, चोरी–तस्करी, राजस्व चुहावट तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधिमा समेत कमी आएको छ।

स्थानीय बासिन्दा, व्यवसायी, भन्सार एजेन्ट, यातायात व्यवसायी, सञ्चारकर्मी तथा अन्य सरोकारवालासँग नियमित अन्तरक्रिया र छलफल सुरु भएपछि डण्डा क्षेत्रको सीमा सुरक्षा व्यवस्था थप प्रभावकारी बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit