Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

१.४ अर्ब राजस्व चुहावट अभियोय लागेका नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

१.४ अर्ब राजस्व चुहावट अभियोय लागेका नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन
विज्ञापन
Advertisement

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँच वटा निवेदन दर्ता गराएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिवादी गजेन्द्र महर्जनसमेत रहेको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँच वटा निवेदन दर्ता गराएको हो ।

आयोगद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ, “गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जन, तत्कालीन नगरउपप्रमुख मुना अधिकारीसमेतका प्रतिवादीहरू उपर गोदावरी नगरपालिकाले विभिन्न आर्थिक वर्षमा राजस्व निर्धारण गर्दा बदनियत राखी नेपालको संविधान, सङ्घीय आर्थिक ऐन, प्रदेश आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको प्रचलित कानुनलाई बेवास्ता गरी राजस्व चुहावट गरी गराइ नेपाल सरकारलाई हानी पुर्‍याएकाले भ्रष्टाचार निवारण ऐन बमोजिम सर्वोच्च अदालतमा पुनरावेदनको फरकफरक पाँच वटा निवेदन दर्ता गरिएको छ ।”

जम्मा एक अर्ब चार करोड ८७ लाख ४५ हजार २८७ रुपैयाँ राजस्व चुहावट गरी सरकारलाई हानी पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit