Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेसँगै जाँचबुझ आयोगको वैधानिकतामाथिको प्रश्न टुङ्गियो

सर्वोच्चले निर्देशनात्मक आदेश जारी गरेसँगै जाँचबुझ आयोगको वैधानिकतामाथिको प्रश्न टुङ्गियो
विज्ञापन
Advertisement

काठमाडौं । सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्धको रिट निवेदन खारेज गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

न्यायाधीशहरू डा मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज निर्देशनात्मक आदेश जारी गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो । यसअघि, न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाएर अधिवक्ता विपीन ढकालले आज दायर गरेको रिट निवेदनमा आयोगका पदाधिकारीहरू निष्पक्ष छानबिन र विषयवस्तुबारे तटस्थ नभएको उल्लेख गरिएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट खारेज हुने फैसला भएको छ । निर्देशनात्मक आदेश लिखित रूपमा आउन भने बाँकी छ । यो फैसलासँगै जाँचबुझ आयोगको वैधानिकतामाथिको प्रश्न टुङ्गिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit