Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सिरहा–३ मा रास्वपाका यादव विजयी

विज्ञापन
Advertisement

सिरहा । सिरहा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शम्भुकुमार यादव प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यस क्षेत्रका निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार यावदले ३२ हजार २४९ मत प्राप्त गरी विजयी भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा यादवका निकटतम प्रतिस्पर्धीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लीलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरे। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विश्वनाथ साहले नौ हजार ९४२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार सुभाषचन्द्र यादवले नौ हजार ८७९ मत प्राप्त गरी चौथो स्थानमा रहे ।

यस निर्वाचन क्षेत्रमा कुल एक लाख १९ हजार २५० मतदातामध्ये ७६ हजार ४३० मत खसेको थियो । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit