Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

प्रिक्साद्वारा दैलो कृषि अधिग्रहण, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली निर्माणको लक्ष्य

प्रिक्साद्वारा दैलो कृषि अधिग्रहण, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली निर्माणको लक्ष्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ । यस अधिग्रहणसँगै किसानदेखि उपभोक्तासम्म जोडिने भरोसायोग्य खाद्य आपूर्ति प्रणाली विकास गर्ने लक्ष्य राखिएको प्रिक्साले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रिक्साका अनुसार अब किसानबाट उत्पादन भएको तरकारी, फलफूल तथा खाद्यान्न कहाँ उत्पादन भयो, कसरी उपभोक्तासम्म आइपुग्यो भन्ने सम्पूर्ण जानकारी उपभोक्ताले सजिलै थाहा पाउन सक्ने ट्रेसिबल प्रणाली विकास गरिनेछ । यसले खाद्य सुरक्षासम्बन्धी बढ्दो चासोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

प्रिक्साका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मनीष शर्माका अनुसार नेपालमा खाद्य क्षेत्रमा विश्वासको ठूलो अभाव देखिन्छ । ‘हामीले दैनिक रूपमा खाने खाद्य पदार्थमा भरोसा हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले भने ।

नेपाललाई केवल उपभोगको बजारका रूपमा नभई नयाँ र विश्वसनीय खाद्य प्रणाली विकास गर्ने प्रयोगशालाका रूपमा हेरेर काम गरिरहेको पनि उनले स्पष्ट पारे । दैलो कृषि किसान र सहकारीहरूसँग सहकार्य गर्दै सिधै उपभोक्ताको घरसम्म ताजा र प्रमाणित कृषि उपज पु¥याउँदै आएको प्लेटफर्म हो । संस्थापक धीरज चापागाईंको नेतृत्वमा दैलो कृषिले उत्पादनको स्रोत खुल्ने, गुणस्तर प्रमाणित हुने र किसानलाई उचित मूल्य सुनिश्चित गर्ने प्रणालीमा काम गर्दै आएको छ ।

प्रिक्साले दैलो कृषि अधिग्रहण गरेपछि तत्काल नाम परिवर्तन वा आक्रामक व्यावसायिक विस्तार गर्नेभन्दा पनि दीर्घकालीन रूपमा कृषि क्षेत्रमा पारदर्शी, दिगो र विश्वासिलो पूर्वाधार निर्माणमा केन्द्रित रहने जनाएको छ । किसान, सहकारी, उपभोक्ता र प्रविधिलाई एउटै प्रणालीमा जोडेर मूल्य शृंखला सुधार गर्ने योजनामा कम्पनी रहेको बताइएको छ ।

यस अधिग्रहणलाई नेपालमा खाद्य सुरक्षा मजबुत बनाउने, किसानको सशक्तीकरण गर्ने र उपभोक्ताको आत्मविश्वास बढाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। कृषि क्षेत्रमा प्रविधिको प्रयोग विस्तार गर्दै विश्वासमा आधारित नयाँ खाद्य प्रणाली निर्माण गर्न यो सहकार्यले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit