images images images
images images images
images
images
images

राजनीतिक माहोल निर्वाचनतर्फ मोडिँदा, शेयर बजारमा हरियाली

images

 काठमाडाैं । गत शनिबार प्रधानमन्त्री शुशिला कार्कीले राजनीतिक दलका तीन प्रमुख दल, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीको संयोजक पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको राजनीतिक संवादले चुनाव नहुने हुने संशय सकिएर मुलुक यतिबेला चुनावतर्फ अघि बढेको छ ।

अर्कोतर्फ नेपाली राजनीतिका दुई आशा लाग्दा अनुहार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन शाहबीच भएको एकताले राजनीतिक युवापुस्तामा नयाँ खालको आशा जनाएको छ । यसले देशलाई निर्वाचन तर्फ लैजादैं देशमा अब विकास निर्माणको बाटोले गति लिन सक्ने विश्वास बढेको छ । राजनीतिक माहोल सकारात्मक बनेपछि साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा एकाएक हरियाली बनेको छ । जेन जी आन्दोलनपछि सुस्ताएको बजारले नयाँ खालको आशाको सञ्चार खोजिरहेको थियो । राजनीतिक माहोल अन्योल थियो। तर, यी सबै सकारात्मक बन्दा शेयर बजारले सकारात्मक बनेको देखिन्छ ।

images
images

यो दिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २ हजार ६३३.४२ विन्दुमा बन्द भएको छ । यस अघि २५सयको विन्दुमा झरेको बजार पुन ः पूरानै विन्दुमा फर्र्किएको हो । नेप्से सूचकसँगै कारोबार रकम पनि उलेख्य रुपमा बढेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा ३२८ कम्पनीको १ करोड ३४ लाख कित्ता शेयर किनबेचहुँदा पाँच अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा युनियन हाइड्रो पावर,मन्जुश्री फाइनान्स,सिनर्जी पावर डेभलपमेन्ट,यसवाई प्यानेल नेपाल र शिवम् सिमेन्टको १७ करोड १३ लाख रुपैयाँदेखि २७ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा अधिकांश हाइड्रो पावरकम्पनी रहेको छ । जसमा मिडसोलु हाइड्रोपावर,जोशी हाइड्रोपावर डेभलपमेन्ट,अपर स्याङ्गे हाइड्रो पावर, रु ६.५२ प्रतिशतदेखि ९.४९ प्रतिशतसम्मले बढेको छ ।

उच्च अंकले घटेको बजारमा वेन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । ९ प्रतिशत आइसीएफसी फाइनान्सको ऋणपत्र,९.५ प्रतिशत एसीसीको ऋणपत्र,८.५ प्रतिशत नेपाल बैंकको ऋणपत्रको शेयरको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबारमा आएक १३ वटै उपसमूहको सूचक बढेका छन् ।

नसमा वाणिज्य बैंको १.६६ प्रतिशत, विकास बैंकको २.२८ प्रतिशत, फाइनान्स समूह, होटल तथा टुरिजम, जलविद्युत समूह, लगानीगत समूह, लाइफ इन्स्योरेन्स समूह,उत्पादनमूलक समूह र माइक्रोफाइनान्स समूहको सूचक उच्च अंकले बढको छन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्