Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

२७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

२७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल पर्यटन बोर्ड (एनटीबी)ले ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ। नेपाल पर्यटन बोर्डको आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा बुधबार ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा घोषणा गरे । उनले आसियान मुलुकलाई नेपालको लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति सार्वजनिक गरे।

विज्ञापन
Advertisement
Advertisement

सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान देशका पर्यटक नेपाल भित्रिसकेका छन्, जुन नेपालका लागि ठूलो र दीर्घकालीन बजार हो।रणनीतिमार्फत बौद्ध तथा आध्यात्मिक पर्यटनसँगै प्रकृति र साहसिक पर्यटन प्रर्वद्धनमा जोड दिने जोशीले बताए । ‘बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस तथा आयुर्वेद, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपालको सशक्त पहिचान बनाइनेछ,’ सीईओ जोशीले भने। कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ रहेका थिए ।

सीईओ जोशीका अनुसार जेनजी आन्दोलनपछिको अवधिमा बोर्डले आठ प्रमुख पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत प्रवद्र्धन गरेको छ । यस्तै, नौ भाषामा यात्रा सूचना प्रकाशन गरेको तथा ६९ वटा पर्यटन पूर्वाधार विकासका काम अघि बढाएको जानकारी पनि उनले दिए । साथै, पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा प्रवद्र्धन तथा विकास कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । जोशीका अनुसार नेपालमा ‘पर्यटन केवल एउटा कोर सेक्टर मात्र होइन, बहु–क्रस सेक्टर क्षेत्र हो ।’ सन् २०२५ मा विभिन्न क्षेत्रमा २ हजार ६ सय पेशागत जनशक्तिलाई तालिम प्रदान गरिएको जानकारी दिए । टुरिजम परियोजनाअन्तर्गत कञ्चनजंघा, मनास्लु र अपी–साइपालका प्रमुख ट्रेकिङ ट्रेलमा सम्भावना पहिचान, गुणस्तर सुधार, रोजगारी र बजार सिर्जनामा काम भइरहेको उनले बताए ।

एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने सात प्रमुख पर्यटन यात्रा प्रवृत्तिसमेत सार्वजनिक गरेको छ । ती प्रवृत्तिमा शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ । आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय तथा वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउँदै उच्च मूल्य पर्यटनमा केन्द्रित हुने रणनीति स्पष्ट गरे ।
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नतिजामुखी कार्यशैली अवलम्बन गरिएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारसँगको समन्वयमा कार्यक्रम अघि बढाइएको बताए । बोर्ड कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापाले कर्मचारीको वृत्ति विकास, आर्थिक विनियमावली सुधार र पदपूर्तिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वल्र्ड टुरिजम नेटवर्क तथा यूएन टुरिजमका तर्फबाट भिडियो सन्देश प्रस्तुत गरिएको थियो । अवसरमा नेपाल पर्यटन बोर्डको वार्षिक प्रकाशन ‘इन–फोकस’ पनि विमोचन गरिएको छ । नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit