Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

दोहोरो अङ्कले बढ्यो नेप्से, पाँच अर्ब माथिको कारोबार

दोहोरो अङ्कले बढ्यो नेप्से, पाँच अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६१ प्रतिशतले बढेको छ। एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको १७ करोड ७९ लाख तीन हजार ४१३ रुपैयाँ बराबरको तीन लाख ४९ हजार ७४४ कित्ता शेयर किनबेच भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit