Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

एक वर्षमा तीन लाख बढी पर्यटकद्वारा पाटन दरबार सङ्ग्रहालय अवलोकन

एक वर्षमा तीन लाख बढी पर्यटकद्वारा पाटन दरबार सङ्ग्रहालय अवलोकन
{"caption":"u092au093eu091fu0928 u0926u0930u092cu093eu0930u0938u094du0915u094du0935u093eu092fu0930 u0915u094du0937u0947u0924u094du0930u092eu093e u0926u0947u0916u093fu090fu0915u094b u092du0940u0921u092du093eu0921 u0964 u0924u0938u094du092cu093fu0930 : u092cu093fu091cu0941 u092eu0939u0930u094du091cu0928/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}
विज्ञापन
Advertisement

ललितपुर । पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । पाटन दरबार सङ्ग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कूल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो वर्ष सन् २०२४ मा भने कूल तीन लाख १८ हजार ३३७ विदेशी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेका थिए । यस आधारमा सन् २०२५ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा केही कमी आएको छ ।

सन् २०२५ मा ४० हजार ४०० नेपाली विद्यार्थी र एक लाख २४ हजार ५५० नेपाली सर्वसाधारणले पाटन दरबार सङ्ग्रहालयको अवलोकन गरेका छन् । प्रशासकीय प्रमुख लाखेका अनुसार नेपाली पर्यटकको सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ । भने, ‘देशको बदलिँदो परिस्थितिका कारण विदेशी पर्यटकको आगमनमा उतारचढाव देखिए पनि नेपाली पर्यटकको सङ्ख्या भने निरन्तर बढिरहेको छ ।’

विदेशी पर्यटकको सङ्ख्या घट्नुको प्रमुख कारण जेनजी आन्दोलन र पाटन दरबार क्षेत्रका सडक सुधारका कार्यहरू रहेको प्रशासकीय प्रमुख लाखेले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit