Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

श्रीलङ्कामा विदेशी मुद्राको दोस्रो ठूलो स्रोत बन्यो पर्यटन व्यवसाय, राजस्व योगदान तीन अर्ब २० करोड अमेरिकी डलर

श्रीलङ्कामा विदेशी मुद्राको दोस्रो ठूलो स्रोत बन्यो पर्यटन व्यवसाय, राजस्व योगदान तीन अर्ब २० करोड अमेरिकी डलर
विज्ञापन
Advertisement

काठमाडौं । सन् २०२५ मा श्रीलङ्कामा सबैभन्दा धेरै विदेशी पर्यटकहरूको आगमन रेकर्ड कायम भएको छ । श्रीलङ्कामा आएको चक्रवात दितवाहले गर्दा पुगेको अवरोधका बावजुद पनि पर्यटन आय नयाँ वार्षिक रेकर्डमा पुगेको श्रलङ्काका विदेश मन्त्री विजिता हेराथले बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

परराष्ट्र मामिला, विदेश रोजगार तथा पर्यटन मन्त्री हेराथले यस वर्ष २३ लाख ६० हजार भन्दा बढी विदेशी पर्यटकहरूले श्रीलङ्का भ्रमण गरेको जानकारी दिए । जुन एक वर्षमा रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो । पर्यटन राजस्व मात्र सन् २०२५ तीन अर्ब २० करोड अमेरिकी डलर पुगेको उनले बताए । देशको विदेशी मुद्राको दोस्रो ठूलो स्रोतको रूपमा पर्यटन व्यावसाय रहेको उनले पुष्टि गरे ।

नोभेम्बरको अन्त्यमा श्रीलङ्कमा आएको चक्रवात दितवाको प्रभावका बावजुद पर्यटकहरूको आगमन बलियो रहेको बताउदै उनले नीतिगत समर्थन उपाय र प्रवद्र्धन गतिविधिका कारण विपत्ति पछि पनि पर्यटन आगमन जारी रहेको जानकारी दिए ।

श्रीलङ्काले सन् २०२६ मा न्यूनतम ३० लाख विदेशी पर्यटक आगमनको लक्ष्य राखेको छ, जुन सन् २०२५ को भन्दा करिब २७ प्रतिशतले बढी हो । चक्रवात पछि अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ का लागि समग्र वृद्धिको अनुमानलाई २.९ प्रतिशतमा संशोधन गरेको कारण पर्यटन वृद्धिले आर्थिक सुधार प्रयासमा योगदान गर्ने श्रीलङ्काली अधिकारीहरूले अपेक्षा गरेका छन् । सिन्ह्वा/गेटी इमेज

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit