Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

जेनजी प्रदर्शनका कारण क्षतिग्रस्त सवारीका लागि प्रदेश सरकारले कर र नवीकरण दस्तुरमा छुट दिने

जेनजी प्रदर्शनका कारण क्षतिग्रस्त सवारीका लागि प्रदेश सरकारले कर र नवीकरण दस्तुरमा छुट दिने
विज्ञापन
Advertisement

काठमाडौं। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ । प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय सोमबार राजपत्रमार्फत प्रकाशित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश सचिव झलकराम अधिकारीको हस्ताक्षरसहितको सूचनामा प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइने उल्लेख छ। साथै, भाडाका सार्वजनिक सवारी साधनका लागि भने जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुरमा छुट प्रदान गरिने जनाइएको छ।

नेपाल ट्रक व्यवसायी महासंघले बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापालाई सवारी साधन कर र दस्तुर छुट गराउन पहल गरेको थियो। सोही अनुसार प्रदेश सरकारको ( पुस १६ गते) को मन्त्रिपरिषद्‌ बैठकबाट चालु आर्थिक वर्षको लागि सवारी साधन कर, केही दस्तुर र जरिवाना छुट दिने निर्णय गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit