Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । सिद्धाथ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले हाईड्रोलिक शल्यक्रिया टेबल, ४ सेटयुक्त एल.इ.डी. शल्यक्रिया कक्ष डोम बत्ति, बिरामी निगरानी यन्त्र, पूर्ण सुविधायुक्त पाँच कार्य गर्ने इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर, तथा इलेक्ट्रिक डबल जार हाई भ्याकुम सक्सन मेसिन गरी सबै उपकरणहरु १–१ थान हस्तान्तरण गरेका हुन् ।

अस्पतालको नवनिर्मित भवनमा शल्यक्रिया सहित वर्थिङ्ग सेवा संचालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवामा पहुँच अभिवृद्धि गर्ने तथा आमा र नवजात शिशुहरूका लागि सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले बैंकले उक्त उपकरणहरु प्रदान गरेको आज एक सूचना मार्फत जनाएको छ ।

बैंकले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको उल्लेख गरेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit