काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि आवासीय भवनको बिमा प्रिमियमवापत तिरेको रकममा आयकर छुट दिने व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक आज वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै आवासीय भवनको बिमावापत अधिकतम १० हजार रूपैयाँसम्मको रकम आयकर प्रयोजनका लागि कट्टी गर्न पाइने घोषणा गरेका हुन् ।
प्राकृतिक विपद् तथा भवितव्यबाट हुने क्षति न्यूनीकरणका लागि नागरिकलाई आफ्नो आवासको बिमा गर्न प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यो नीति ल्याएको हो। यस व्यवस्थाअनुसार अब करदाताले आफ्नो स्वामित्वमा रहेको आवासीय घरको बिमा गर्दा बुझाएको प्रिमियममध्ये वार्षिक १० हजार रुपैयाँसम्मको रकममा कर छुट पाउनेछन्, जसले गर्दा उनीहरूको करयोग्य आय घट्नेछ ।
बजेटमार्फत ल्याइएका यो व्यवस्थाले मध्यमवर्गीय परिवारलाई आफ्नै घरको बिमा सुरक्षित गर्न राहत पुग्नेछ ।















प्रतिक्रिया दिनुहोस्