Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपाल बैंकका ग्राहक, कर्मचारीलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्म सेवा शूल्क छुट हुने

नेपाल बैंकका ग्राहक, कर्मचारीलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशतसम्म सेवा शूल्क छुट हुने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवा शुल्क छुट गर्ने सम्बन्धी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवार र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चावहिलस्थित ओम हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने गरि बुधबार सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले समेत अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशत सम्म पाउनेछ्न ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ओम हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरे ।

उक्त सम्झौताबाट बैंकमा कार्यरत कर्मचारीहरू तथा ग्राहकले सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवाबाट लाभान्वित हुने विश्वास बैंकको रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit