Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न सिग्देलको अध्यक्षतामा समिति गठन

समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न सिग्देलको अध्यक्षतामा समिति गठन
विज्ञापन
Advertisement

बागमती । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बैठकले उक्त समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल तथा सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।

बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा काभ्रेको धुलिखेलमा सञ्चालित प्रदेश स्वास्थ्य प्रयोगशालालाई भक्तपुरमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ । यस्तै स्वास्थ्य मन्त्रालयकै प्रस्तावमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनको तेस्रो कार्यविधि संशोधन पारित गरेको मन्त्री तामाङले जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit