गोरखा । जेन जी आन्दोलनपछि उदाएका युवा नेता सुधन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
आफ्नै गाउँ र आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने प्रतिबद्धतासहित गुरुङले राजनीतिमा नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दृष्टिकोण आवश्यक रहेको बताएका छन्। उनले देशको समसामयिक चुनौती समाधान गर्न पुरानो शैलीको राजनीतिभन्दा फरक, जवाफदेही र परिणाममुखी नेतृत्व आवश्यक भएको उल्लेख गरे।
‘नयाँ शक्ति, नयाँ अनुहार र नयाँ नेपाल निर्माणका लागि गोरखाबाट आवाज उठाउने समय आएको छ,’ गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् । उनले युवाको ऊर्जा, प्रविधिमैत्री सोच र जनताको प्रत्यक्ष सहभागितामार्फत राजनीतिक संस्कार परिवर्तन गर्न सकिने दाबी गरे।
जेन जी आन्दोलनमार्फत चिनिएका गुरुङले शिक्षा, रोजगारी, सुशासन र स्थानीय विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताएका छन्। विशेषगरी युवालाई देशमै अवसर सिर्जना गर्ने नीति र कार्यक्रमलाई अघि बढाउने उनको भनाइ छ।
गोरखा–१ मा उनको उम्मेदवारी घोषणालाई नयाँ पुस्ताको राजनीतिक प्रवेशका रूपमा हेरिएको छ। स्थानीय स्तरमा पनि उनको घोषणाले चासो र चर्चा बढाएको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्