Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

देशको आर्थिक स्थिति : विप्रेषण र मुद्रा सञ्चिति बढ्यो, कर्जा प्रवाह सुस्त

देशको आर्थिक स्थिति : विप्रेषण र मुद्रा सञ्चिति बढ्यो, कर्जा प्रवाह सुस्त
विज्ञापन
Advertisement

काठमाडौं । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्ष को मङ्सिर मसान्तसम्ममा चालु खाता र शोधनान्तर बचतमा देखिएको छ भने विप्रेषण र मुद्रा सञ्चिति पनि उल्लेख्य रुपमा बढेको छ। राष्ट्र बैंकको अनुसार अर्थतन्त्रका बाह्य सूचक सुविधाजनक अवस्थामा रहँदा राजस्व सङ्कलन, बजेट खर्च तथा कर्जा विस्तार भने कमजोर देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड पुगेको छ। समीक्षा अवधिमा चालु खाता तीन खर्ब ५८ अर्ब ८३ करोड र शोधनान्तर स्थिति चार खर्ब २१ अर्ब ८९ करोड बचतमा रहेका छन् । केन्द्रीय बैंकका अनुसार पछिल्लो पाँच महिनामा निर्यात ५८ दशमलव दुई प्रतिशतले र आयात १५ दशमलव ८ प्रतिशतले बढेको छ। यो अवधिमा नेपाल सरकारको खर्च पाँच खर्ब ६४ अर्ब ४६ करोड र राजस्व परिचालन चार खर्ब छ अर्ब ३० करोड रुपैयाँ रहेको छ। विस्तृत मुद्राप्रदाय तीन दशमलव सात प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ।

प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन तीन दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा एक दशमलव नौ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ दशमलव ९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर छ दशमलव छ प्रतिशत रहेको छ । चालु आवको मंसिरसम्म कर्जाको औसत ब्याजदर ७.२६ प्रतिशतमा झरेको छ । कर्जाको औसत ब्याजदर अघिल्लो वर्षको यही अवधिमा ८.९० प्रतिशत रहेको थियो । यस्तै, विकास बैंकहरुको कर्जाको औसत ब्याजदर ८.४९ प्रतिशत र फाइनान्स कम्पनीहरुको ९.९१ प्रतिशतमा झरेको छ ।

निरन्तर ब्याजदरर घटेपनि कर्जा प्रवाह भने सुस्त देखिएको छ । चालु आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कर्जा लगानी जम्मा १.९ प्रतिशत मात्र रहेको देखिन्छ । अघिल्लो वर्षको समीक्षा अवधिमा यस्तो लगानी ३.५ प्रतिशत कायम थियो । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तर बैंक दर दुई दशमलव ७४ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर दुई दशमलव ३७ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ६६ प्रतिशत र कर्जाको भारित औसत व्याजदर सात दशमलव २६ प्रतिशत रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit