Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

रिडी पावर कम्पनीको २४ औं वार्षिक साधारणसभा सम्पन्न

रिडी पावर कम्पनीको २४ औं वार्षिक साधारणसभा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं। रिडी पावर कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। काठमाडौं गौशालास्थित एक होटलमा कम्पनी संचालक समितिको अध्यक्ष कुवेरमणी नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

साथै, सभाले लेखा परीक्षण प्रतिवेदन सहितको आषाढ २०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरेको छ ।

यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्नुको साथै निजको पारिश्रमिक समेत तोकिएको कम्पनीले जनाएको छ । सभाले विशेष प्रस्ताव अन्तरगतको कम्पनीको नियमकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक र संसोशन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी समेत दिएको छ।

यस्तै, सभाले कम्पनीको गाडी, स्क्राप लगायत अन्य शेयर सम्पत्तिहरु बिक्री गर्नु परेमा कम्पनीको संचालक समितिलाई अख्तिारी दिएको छ। सो अवसरमा सञ्चालक समितिका अध्यक्ष नेपालले सभामा कम्पनीको उन्नती र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग प्रदान गर्ने सबैलाई कृतज्ञता व्यक्त गरे । उनले कम्पनीले गत वर्ष विद्युत बिक्रीबाट १३ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको जानकारी दिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit