Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

तथ्याङ्क कार्यालयले अब विकास योजनाका आवश्यक तथ्याङ्कहरु तयार गर्ने सामर्थ्य बढाउँदै लैजानुपर्छ : अर्थमन्त्री

तथ्याङ्क कार्यालयले अब विकास योजनाका आवश्यक तथ्याङ्कहरु तयार गर्ने सामर्थ्य बढाउँदै लैजानुपर्छ : अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान’ र ‘नेशनल ट्रान्सफर एकाउण्ट’ प्रतिवेदनले नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खनालले ‘नेशनल ट्रान्सफर एकाउण्ट’ सबैका लागि नयाँ प्रकारको तथ्याङ्क भएको उल्लेख गरे । केही समयदेखि पेन्डिङमा रहेको उक्त तथ्याङ्क प्रतिवेदनले तथ्याङ्कको अभावमा प्रभावकारी नीति निर्माण गर्न कठिन भैरहेको अवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे । यस्ता खाले तथ्याङ्क उत्पादनमा राष्ट्रिय तथ्याङ्क कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

‘यस्ता राष्ट्रिय महत्वका नीति निर्माणका लागि आवश्यक तथ्याङ्क हामी आफैं आत्मनिर्भर भएर नेपालमै तयार गर्नुपर्छ,’ उनले भने ।यसअघि राष्ट्रिय आर्थिक तथ्याङ्क जापान सरकारको सहयोगमा तयार गरिएको स्मरण गर्दै उनले अब स्वदेशमै क्षमता विकास गरेर तथ्याङ्क उत्पादन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘नेशनल ट्रान्सफर एकाउण्ट’ हामी सबैको लागि नयाँ तथ्याङ्क हो । यो केही समयदेखि पेन्डिङमा रहेछ। तथ्याङ्क भएन भने हामीले वास्तविक र असल नीतिहरु निर्माण गर्न सक्दैनौं। क्षमता विकास गर्नको निम्ति राष्ट्रिय तथ्याङ्क कार्यालयले नेतृत्व भूमिका खेल्नेछ’ उनले भने ।

अर्थमन्त्री खनालले विकास योजनाको कार्यान्वयन र नीतिगत सुधारका लागि आवश्यक तथ्याङ्क तयार गर्ने सामथ्र्य राष्ट्रिय तथ्याङ्क कार्यालयले बढाउँदै लैजानुपर्ने बताए। साथै, कार्यालयको क्षमता विकासका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार सधैं प्रतिबद्ध रहने पनि उनले स्पष्ट पारे । उनले भने, ‘हामीले सम्पन्न गर्नुपर्ने र नीतिगत सुधार गर्नुपर्ने विकास योजनाका निम्ती तयार गर्नुपर्ने तथ्यांकहरु तयार गर्ने सामथ्र्य निर्माण गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले जानुपर्छ। यहाँहरुको सामथ्र्य विकास गर्नको निम्ती आवश्यक पर्ने स्रोतको निम्ती हामी सधैं प्रतिबद्ध छौं ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit