Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

सुनचाँदी दुवै धातुको मूल्य उच्च विन्दुमा, एक तोला सुन दुई लाख ७१ हजार नजिक

सुनचाँदी दुवै धातुको मूल्य उच्च विन्दुमा, एक तोला सुन दुई लाख ७१ हजार नजिक
विज्ञापन
Advertisement

काठमाडौं। साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेसँगै दुवै धातुको कारोबार मूल्य उच्च विन्दुमा पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

निरन्तर बढिरहेको सुनको मूल्य आज यसअघिको रेकर्डमै पुगेको छ । यसअघि गत पुस १३ गते सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँ कायम भई उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा आइतबार पुनः सोही मूल्यको रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा दुई हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। मूल्य बढेसँगै आइतबार एक तोला सुन खरिद गर्न उपभोक्ताले दुई लाख ७० हजार ६०० रुपैयाँ तिर्नुपर्ने भएको छ । आज कायम भएको यो मूल्य गत पुस १३ गतेको रेकर्ड बराबर हो । अघिल्लो कारोबार दिन (शुक्रबार) त्यति नै परिमाणको सुन दुई लाख ६७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि चार हजार ९९० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदीको भाउ तोलाको चार हजार ७८० रुपैयाँ कायम थियो। आज चाँदी प्रतितोला २१० रुपैयाँले बढेको छ भने यो मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit