काठमाडाैं । सुस्त बन्दै आएको शेयर बजार विस्तारै लयमा फर्किने देखिएको छ । बिहीबार नेप्से परिसूचक ८.७८ अंकले बढेर दुई हजार ६६१.७१ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै लगानीकर्ता उत्साहित देखिएको छन् । बुधबार पनि बजार एक सातापछि हरियाली बनेको थियो । लगातार घटेर प्यानिक बनेका लगानीकर्ता बजार बढ्दा आफ्नो खरिददारी र विक्रिदारीलाई बढाएका छन् । दुई रकमको कारोबार हुँदै आएको पछिल्लो साताको कारोबारमा यो दिन चार अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ । जसका लागि लगानीकर्ता ८९ लाख ६४ हजार कित्ता शेयर किनबेच गरेका छन् ।
बजार बढ्दाल अपर लोहोरे खोला हाइड्रोपावर, कालंङ्गा हाइड्रो, स्नोरिभर,सानिगढ हाइड्रो, धौलागिरी लघुवित्त वित्तीय संस्थाको १३.६७ प्रतिशतदेखि १५ प्रतिशतसम्मले बढेको छ। त्यस्तै, घट्दा एनआईसी एशियाको ऋणपत्र, भुजुङ हाइड्रो, सामुदायिक लघुवित्त वित्तीय संस्था,सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.२३ प्रतिशतदेखि १०.६० प्रतिशतसम्मले घटेको छ ।
यो दिन लक्ष्मी सनराईज बैंक, एनआईसी एशिया बैंकको ऋणपत्र,रिलायन्स स्पेनिङ मिल्स, १०.५० एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र, नबिल बैंकको १२ करोड १५ लाख रुपैयाँदेखि ४१ करोड ३२ लाख रुपैयाँसम्मको कारोबार भएको छ। योदिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये ४ समूहको सूचक बढेको छ ।सबैभन्दा वाणिज्य बैंकसमूहको सूचक २.०४ प्रतिशतले बढेको छ ।
अन्य समूहको सूचक सामान्यले घटेका छन् ।















प्रतिक्रिया दिनुहोस्