Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

केन्द्रीय बैंकद्वारा आज फेरि २० अर्बको ऋणपत्र जारी

केन्द्रीय बैंकद्वारा आज फेरि २० अर्बको ऋणपत्र जारी
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार फेरि एकवर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ । एकपछि अर्को ऋणपत्र निष्कासन गर्दै तरलता प्रशोचन गरिरहेको केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ज’ उपकरण प्रयोग गरी आज ऋणपत्र निष्कासन गर्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

यसको बोलकबोल आजै मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ । राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ भने सावाँ आगामी २०८३ पुस २९ गते हुनेछ भुक्तानी हुनेछ । ब्याज अर्धवार्षिक रूपमा दिइने केन्द्रीय बैंकले सूचनामार्फत जनाएको छ । बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने उल्लेख गरिएको छ। बैंक तथा वित्तीय संस्थालाई ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नगर्ने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

यसअघि राष्ट्र बैंकले पुस १४ मा पहिलो पटक एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो । त्यसयता पुस १६ मा पनि एकवर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ बाट २५ अर्ब रुपैयाँ, पुस २० मा २५ अर्बकै ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ र पुस २२ मा २५ अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ निष्कासन गरिसकेको छ । साथै केन्द्रीय बैंकले यसलाई निरन्तरता दिँदै पुस २३ मा २० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ङ’
,पुस २४ मा एकवर्षे अवधिकै ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘च’ अन्तर्गत १० अर्ब रुपैयाँ र सोमबार (पुस २८) समेत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘छ’ उपकरण प्रयोग गरी २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो।

पछिल्लो समय राष्ट्र बैंकले पुषदेखि बैंकिङ प्रणालीमा रहेको तरलतालाई व्यवस्थापन गर्न लगातार जसो ऋणपत्र जारी गर्दै लामो अवधिका लागि रकम झिक्दै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit