Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मधेश प्रदेशको प्रजनन् दर घटाउनुपर्नेमा सरोकारवालाको जोड

मधेश प्रदेशको प्रजनन् दर घटाउनुपर्नेमा सरोकारवालाको जोड
विज्ञापन
Advertisement

जनकपुरधाम । मधेश प्रदेशमा कूल प्रजननदर घटाउनुपर्नेमा सरोकारबालाहरुले जोड दिएका छन् । नेपालमा किशोरी प्रजनन दर प्रति हजारमा ७१ जना गर्भवति हुने गरेको मा मधेशमा सो दर प्रति हजारमा १ सय १७ जना हुने गरेकाले यसलाई घटाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा कूल प्रजनन दर २.१ प्रतिशत रहेको अवस्थामा मधेशमा भने त्यो बढेर २.७ प्रतिशत पुगेको छ । परिवार योजना, किशोर किशोरी, यौन तथा प्रजनन स्वास्थ्य र प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी दुई दिने समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रममा सहभागीले प्रदेशमा कूल किशोरी प्रजनन दर घटाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

सरोकारवालाहरुले प्रदेशमा परिवार नियोजनका कार्यक्रमबारे नकारात्मक बुझाइ रहेकाले प्रजनन्दर घटाउन नसकिएको धारणा राखेका थिए । मंगलबारदेखि सुरु भएको दुई दिने समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रमलाई बुधबार समापन गर्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले स्वास्थ्य सम्बन्धी जनचेतना अभावमा मधेशमा प्रजनन दर घटाउन नसकिएको बताएका हुन् ।

परिवार कल्याण महाशाखा स्वास्थ्य सेवा विभागले आयोजना गरेको समीक्षा कार्यक्रममा मन्त्री रायले परिवार योजना, किशोर किशारी, यौन तथा प्रजनन स्वास्थ्यबारे व्यापक जनचेतनाको आवश्यक्ता औंल्याए।

यस्तै, परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेलले प्रजनन स्वास्थ्यमा रुग्णताले मधेशका महिलाहरु अल्पआयुमै ज्यान गुमाउन बाध्य बनेको उल्लेख गरिन् । महिलाहरुमा बढ्दो पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ्ग खस्ने समस्या, फिस्टुला, बाँझोपन जस्ता समस्या न्यूनिकरण गर्नुपर्नेमा उनको जोड छ । यसका लागि तीनै तहको सरकारको सहयोग र समन्वयन आवश्यक रहेको उनको धारणा छ ।

कार्यक्रममा मधेशका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुले पनि जिल्लागत रुपमा प्रस्तुतिकरण गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit