Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

कांग्रेस संस्थापनलाई गगन, विश्वको सन्देश : एक सातामा नयाँ नेतृत्वको पार्टी बैठकले सानेपाबाटै हामीलाई निष्काशन गर्ने निणर्य खारेज गर्छ

कांग्रेस संस्थापनलाई गगन, विश्वको सन्देश : एक सातामा नयाँ नेतृत्वको पार्टी बैठकले सानेपाबाटै हामीलाई निष्काशन गर्ने निणर्य खारेज गर्छ
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी अझै नफुटेको बताएका छन्। बुधबार पार्टी संस्थापन समुहले दुई महामन्त्री सहित तीन जनालाई पाँच वर्षसम्मका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपति भृकुटीमण्डपको विशेष महाधिवेशन भेलालाई सम्बोधन गर्दै थापाले अझै आफूहरुले पार्टी फुट्न नदिने जिकिर गरे ।

विज्ञापन
Advertisement
Advertisement

उनले भने, ‘हामीले भनेका पार्टीलाई फुट्न दिन्नौँ । यो पार्टी फुटेको छैन्, एक छ। यो महाधिवेशनको क्रममा छ। आज बेलुका महाधिवेशनको क्रममा यो अध्याय सकिन्छ ।’ विशेष महाधिवेशनले जे निर्णय गर्छ त्यही कार्यकारीलाई नेपाली कांग्रेसले अडाडि बढाउने उनको भनाइ छ । थापाले भने, ‘यसले जे निर्णय गर्छ त्यो निर्णयबाट आएको कार्यकारीलाई नेपाली कांग्रेस पार्टीले अगाडि बढाउँछ । संविधानले पनि त्यही भन्छ।’

यस्तै उनले संस्थापन पक्षको बुधबारको निर्णयप्रति भने कडा टिप्पणी गरे । उनले भने, ‘बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्छ। मैले समाचार सुने नेपाली कांग्रेको केन्द्रीय समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकालियो रे! तपाईको प्राइभेट कम्पनी हो र निकाल्नलाई ? हामीलाई कसैले घरभित्र आइज भनेर आएको होईन जा भनेर जानलाई ।’

त्यस्तै उनले महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराएको पनि बताए। शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गर्दै उनले नयाँ कार्यसमिति चयन गर्ने क्रममा आफूहरु रहेको प्रस्ट पारे। उनले भने, ‘तपाईंहरु मात्रै निर्वाचन आयोग जान्नुहुन्छ? यही निर्वाचन आयोगमा यही ठाउँबाट विषेश महाधिवेशनको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराइसकेको छ। शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ हामी नयाँ कार्यसमिति चयन गर्ने क्रममा छौं ।’

उनी कारबाहीको निर्णय गर्नुअघि आफूलाई स्पष्टिकरण नसोधिएको भन्दै आक्रोसित समेत भए । ‘म पार्टीको महामन्त्री मलाई कारबाही गर्नुअघि एकपटक सोध्नुपर्दैन्? मलाई स्पष्टिकरण सोध्नु पर्दैन् ? निजी कम्पनीमा समेत सोधिन्छ’ उनले भने। तर, पनि पार्टी नफुट्ने उनको जिकिर छ । आक्रामक रुपमा प्रस्तुत हुने थापाले आज कार्यकर्ताको चर्को आवाजबीच सम्बोधन गर्दा तत्कालिन घटनाक्रमलाई लिएर संस्थापन पक्षमाथि नराम्रो नभन्न आग्रह गरे । उनले भने, ‘तपाईंहरुले बोल्दा र लेख्दा कसैलाई पनि नराम्रो नलेख्नू ।’

सोही क्रममा नेता विश्वप्रकाश शर्माले नेता थापाकै नेतृत्वमा पार्टी अब अगाडी बढ्ने बताए । उनले कांग्रेस र देशलाई बदल्ने प्रयासमा थापा र आफू दुवै दृढ रहेको बताए । यस्तै उनले अबको एक साताभित्र कांग्रेसको नयाँ नेतृत्वले पार्टी बैठक केन्द्रीय कार्यालयबाट सञ्चालन गर्ने बताए । उनले भने, ‘आजको एक सातामा गगन थापा नेतृत्वको नेपाली कांग्रेसको बैठक सानेपामा बस्ने छ।’

शर्माले संस्थापन समुहले गरेको कारबाहीप्रति टिप्पणी गर्दै पार्टीबाट निष्कासन गर्ने निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज गर्ने बताए । ‘आजको निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज गर्नेछ । तर, हामीले कोही कसैलाई कारबाही गर्दैनौ। तपाईंहरु ढुक्क हुनुस् ।’

यस्तै, उनले कांग्रेसलाई बदलेर नविनताका साथ अगाडी बढाउने तथा देश र कांग्रेस दुवैलाई बदल्ने बताए । कार्यकर्ताहरुको चर्को आवाजबीचमा शर्माले भने, ‘हामी नेपाली कांग्रेसलाई बदलेर नविनतम सोचका साथ अगाडी बढाउँछौं । कांग्रेसमा नविन उर्जा भरेर देश र कांग्रेस दुवैलाई बदल्नेछौं ’ उनले कार्यकर्तालाई भने, ‘यो आवाज सानेपामा समेत सुनिने गरि भनिदिनुस् ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit