Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

प्रतिनिधिसभा निर्वाचन: अर्बपति देखि दुई दर्जन बढी उद्योगी व्यवसायी चुनावी मैदानमा (को कहाँबाट लड्दैछन् ?)

प्रतिनिधिसभा निर्वाचन: अर्बपति देखि दुई दर्जन बढी उद्योगी व्यवसायी चुनावी मैदानमा (को कहाँबाट लड्दैछन् ?)
विज्ञापन
Advertisement

काठमाडौं। फागुन २१ को प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरुले बाक्लो सङ्ख्यामा उम्मेद्वारी दर्ता गराएका छन्। उम्मेद्वारी दर्ता गराउनेमा उद्योगपति विनोद चौधरीदेखि शेयरकारोबारी, सहकारी सञ्चालकसम्म रहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आगामि निर्वाचनका लागि करीब दुई दर्जनभन्दा बढी उद्योगी व्यवसायीले उम्मेद्वारी दर्ता गराएका छन्। तिनै मध्येका एकहुन नेपालकै पहिलो अर्बपति बिनोद चौधरी, उनले नेपाली कांग्रेसबाट नवलपरासी पश्चीम क्षेत्र नं –१ मा मंगलबार आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । चौधरीको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो ।

राजनीतिमा व्यवसायीको आकर्षण बढ्नुको मुख्य कारण नीति निर्माण तहमा पुग्ने चाहना रहेको उनीहरू बताउँछन् । उद्योगमैत्री कानुन, कर प्रणालीमा सुधार, लगानी सुरक्षाजस्ता मुद्दालाई संसदमा बलियो ढंगले उठाउन आफूहरू आवश्यक रहेको उनीहरूको तर्क छ । नीति बनाउने ठाउँमै नपुगेसम्म उद्योग–व्यवसायका समस्या समाधान नहुने उनिहरुको तर्क छ । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले पनि रुपन्देही–२ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् । यो उनको पहिलो चुनावी प्रतिस्पर्धा हो ।

काठमाडौं क्षेत्र नम्बर –१ मा पठाओका प्रबन्ध निर्देशक असीममान सिंह बस्नेतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यहाँ रास्वपाबाट रञ्जु दर्शना, नेपाली कांग्रेसबाट प्रबल थापा र नेकपा एमालेबाट विनोद श्रेष्ठले प्रतिष्पर्धा गर्दै छन् । रास्वपाले पनि व्यावसायिक क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिएको छ । बाजेको सेकुवाकी निर्देशक नीतिमा कार्की भण्डारीलाई सर्लाही–१ उम्मेदवार बनाएको रास्वपाले काठमाडौं ९ बाट मेनपावर व्यवसायी डीपी अर्याल चुनावी मैदानमा उतारेको छ । पूर्व श्रम मन्त्री समेत रहेका अर्यालको सहकारीदेखि ट्राभल्स र स्कुलसम्म लगानी छ। भक्तपुर १ मा रास्वपाबाटै उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जितले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, नेपाली कांग्रसका तर्फबाट पर्सा–४ मा टिकट पाएका अनिलकुमार रुंगटा पनि स्थापित उद्योगी हुन् । कास्की–१ बाट नुर ओभर्सिज म्यानपावरका सञ्चालक तिलक रानाभाट नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै, मेडिकल क्षेत्रका चर्चित व्यवसायी डा.सुनिलकुमार शर्माले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन्। कांग्रेस तेता शर्मा नोबल र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । यस्तै, शर्माले जलविद्युत् आयोजनामा पनि लगानी गर्न लागेका छन् । उनले अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतान्तरले जित हासिल गरेका थिए ।

स्याङ्जा क्षेत्र नम्बर–१ मा पनि रोचक भीडन्त हुने देखिएको छ । मुख्य तीन दलले क्षेत्र नम्बर–१ मा व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई निर्वाचनमा टिकट दिएका छन् । मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष भरतराज ढकालले नेपाली कांग्रेसबाट मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट मुक्तिनाथ विकास बैंककै पूर्वअध्यक्ष मीनप्रसाद गुरुङर राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्यटन बोर्डका पूर्वसीईओ तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मीले मंगलबार मनोनयन दर्ता गराइसकेका छन् । यी तीनै जना व्यावसायिक पृष्ठभूमिका हुन् ।

सञ्चार उद्यमीका रूपमा चिनिने ऋषिराज धमला रौतहट–१ बाट चुनावी मैदानमा उत्रिएका छन्। प्रभु शाहको पार्टी आम जनता पार्टीले उनलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका डीपी अर्याल काठमाडौं–९ बाट उम्मेदवार बनेका छन्। उनको कृषि फार्म, ट्राभल सर्भिस, सहकारी, इँटा उद्योग, रेमिटेन्स कम्पनी, एजुकेशन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, ट्रेकिङ सर्भिस, होटेलसहितमा लगानी छ । उनी अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका थिए।

यसैगरी, दुई निर्वाचन क्षेत्र भएको धादिङमा कांग्रेसले व्यवसायीलाई नै उम्मेदवार बनाएको छ। धादिङ १ बाट कांग्रेसका कृष्ण रिजाल र २ बाट टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष समेत रहेका रमेश प्रसाद धमला चुनावी मैदानमा छन्।

युवा शेयर कारोबारी हरि ढकालले पनि चितवन–१ बाट दोस्रो पटक उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । कांग्रेसबाटै सोलुखुम्बुमा एफएनसीसीआईका पूर्वसदस्य प्रकाशसिंह कार्की उठेका छन् भने एमालेबाट कपिलवस्तु–३ मा उम्मेदवारी दिएका वीरेन्द्रप्रसाद कनौडिया तथा झापा–४ बाट उम्मेदवार बनेका एलपी साँवा लिम्बू पनि विभिन्न व्यवसाय तथा उद्यममा आबद्ध व्यक्तिहरू हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit