Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

सीबीफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन

सीबीफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन
विज्ञापन
Advertisement

काठमाडाैं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि सञ्चालक समितिबाट अलग भएपछि अध्यक्ष पद रिक्त थियो। सीबीफिनको विधानअनुसार कार्यसमितिका पदाधिकारी वा सदस्यहरूले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै सीबीफिन कार्यसमितिमा बहाल पद स्वतः रिक्त हुने व्यवस्था छ।

परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा यही माघ ६ गते सम्पन्न कार्यसमितिको १५ औँ बैठकले बाँकी कार्यकालका लागि श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो। नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि कार्यसमितिको महासचिव पदमा बहाल थिए।

नवनियुक्त अध्यक्ष श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गर्दै आफूमाथि विश्वास एवं भरोसा गरी सीबीफिनको नेतृत्वदायी जिम्मेवारी वहन गर्ने अवसर प्रदान गरेकोमा कार्यसमितिप्रति आभार व्यक्त गरे।

सीबीफिनका संस्थापक अध्यक्ष तथा हालका प्रेसिडेन्ट इमेरिट्स पवनकुमार गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले निर्माण गरेको सीबीफिनको विरासतलाई अक्षुण्ण राख्दै सीबीफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकको रूपमा अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे।

नवनियुक्त अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सोही दिन बसेको कार्यसमितिको १६ औँ बैठकले सीबीफिनको महासचिवमा एनएमबी बैंकका अध्यक्ष मनोजकुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनयन गरेको छ।

तत्कालीन महासचिव श्रेष्ठ अध्यक्षमा मनोनयन भएसँगै महासचिव पद रिक्त भएको थियो भने एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले यसअघि नै बैंकको अध्यक्षबाट राजीनामा दिएका कारण उनले सम्हाल्दै आएको कोषाध्यक्ष पदसमेत रिक्त थियो।

यसअघि कार्यसमितिको सदस्य रहेका महासचिव गोयल एक कुशल र अनुभवी बैंकरको रूपमा परिचित छन्। उनले नबिल बैंक, तत्कालीन बैंक अफ काठमाण्डू, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र तत्कालीन नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको उच्च तहको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

त्यसैगरी यसअघि कार्यसमितिको सदस्य रहेका कोषाध्यक्ष नेपाल नेपालको बैंकिङ र वित्तीय क्षेत्रमा एक अनुभवी व्यक्तित्वको रूपमा चिनिन्छन्। उनले नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालीन लक्ष्मी बैंकको सञ्चालक र नागरिक लगानी कोषको कार्यकारी निर्देशक जस्ता पदमा रही कुशल प्रशासक र अनुभवी बैंकरको परिचय बनाएका छन्।

सीबीफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त भएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यहरूमध्येबाट मनोनयन गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूमध्येबाट मनोनयन गर्ने व्यवस्थाबमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनयन गरिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit