Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उपेक्षामा महिला : प्रतिष्पर्धामा रहेका १२ दलमा महिलाको उम्मेदवारी शून्य

उपेक्षामा महिला : प्रतिष्पर्धामा रहेका १२ दलमा महिलाको उम्मेदवारी शून्य
विज्ञापन
Advertisement

टक्सार (भोजपुर) । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । दलको उम्मेदवारी हेर्दा महिला उम्मेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ ।

विज्ञापन
Advertisement
Advertisement

यहाँबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जसमा महिलाको सङ्ख्या शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि मुख्य दलहरूले नै महिला उम्मेदवार सहभागी नगराएका हुन् ।

आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुराना र नयाँ दलले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमा राजाराम बासीको नेपाल मजदुर किसान पार्टीबाट, ध्रुव राईको श्रम संस्कृति पार्टीबाट, शेरधन राईको नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट, जितेन्द्र राईको राष्ट्रिय परिवर्तन पार्टीबाट, जनक नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, रमेशप्रसाद ओझाको राष्ट्रिय स्वतन्त्र पार्टीबाट र चन्द्रप्रसाद राईको मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट उम्मेदवारी दर्ता भएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अजम्वर राई, नेपाली कांग्रेसका बालकृष्ण थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का देवानराज राई, जनता समाजवादी पार्टीका गोपालकुमार राई र आमजनता पार्टीका तर्फबाट युवराज थापाले मनोनयन दर्ता गराएका छन् ।

भोजपुरमा कूल एक लाख २५ हजार ७६६ मतदाता कायम भएका छन् भने ८७ वटा मतदानस्थल र अस्थायीसहित १६१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit