Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

‘यही सरकारले संविधान संशोधन विधेयक ल्याउँछ’

‘यही सरकारले संविधान संशोधन विधेयक ल्याउँछ’
विज्ञापन
Advertisement

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक ल्याउने स्पष्ट पारेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन अपरिहार्य बनेकाले सरकारले विधेयक ल्याउने बताएका हुन् ।
उनले संसदमा भने, ‘विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ । र, पहिचान गरिएका विषयहरूमाथि संसद्मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालाहरूसँग छलफल गरिने छ,’ प्रधानमन्त्रीले भने, ‘मिलेका कुरामा साझा धारणा बनाइने छ, नमिलेका कुरामा बहस र छलफल गरिने छ ।’

प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्दा सुरुमा विरोध गर्ने दलहरूभित्रै अहिले संविधान संशोधनका विषयमा छलफल भइरहेको सुनेर खुसी लागेको समेत बताए। ओलीले भनेका छन्, ‘यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ,’ प्रधानमन्त्रीले भने, ‘यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा ९एमाले० ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरुसँगको छलफल गरिनेछ ।’

यस्तै उनले पार्टी फुटाउने खेलमा सरकार नरहेको समेत सदनमा बताएका छन् । उनले भने, ‘पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा छैन । ढुक्क हुनुहोस् । कांग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन।’ प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टसमस नहुने दाबी गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit