Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो

नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो
विज्ञापन
Advertisement

काठमाडौं। बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्लो केही दिनदेखि लगातार बढेको बजारमा यस दिन करेक्सन देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेप्से परिसूचक यस दिन ९.४३ अंकले घटेर २७ सय ५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।

यसदिन कारोबार रकम पनि घटेको छ। मंगलबार ११ अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३२४ स्टकमा ८९ हजार ७ सय ६६ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । जुन २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेचका क्रममा भएको हो ।

आज कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ। नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य ५.५ प्रतिशतले वृद्धि भएको छ।

यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेको छ। बुधबार कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेका छन्। अन्य उपसमूहको परिसूचक ०।२६ प्रतिशतले बढेको छ। वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit