Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

माछापुच्छ्रे क्यापिटलद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

माछापुच्छ्रे क्यापिटलद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको छैठौं वार्षिकोत्सवको अवसरमा विद्यालयलाई आवश्यक सामग्री प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलबार लायन्स क्लब अफ काठमाडौं नमस्तेसँगको सहकार्यमा नुवाकोटस्थित तादी गाउँपालिका–५, अत्मारा श्री ह्ेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ ।

साथै, बुधबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४, पासीकोटमा श्री श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट प्रदान गरेको छ । संस्थाले दुवै विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूका लागि वित्तीय साक्षरता÷सचेतना कार्यक्रम समेत सम्पन्न गरेको जनाएको छ ।

क्यापिटलले प्रदान गरेको उक्त सहयोगले विद्यार्थीहरूको पठन–पाठनमा सहजता ल्याउनुका साथै उनीहरूको दैनिक आवश्यकताको परिपूर्तिमा महत्वपूर्ण टेवा पुग्ने र विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने विश्वास माछापुच्छ«े क्यापिटलको छ । व्यक्त गरेको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेडको सहायक कम्पनी हो । क्यापिटलले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको सेवा प्रदान गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit