Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

निजी क्षेत्रले रोजगार मन्त्रालयमा यो काम गर्नुपर्यो भनेर कार्यविधि ल्याउनुस् तुरुन्तै काम हुन्छ : श्रम मन्त्री भण्डारी

निजी क्षेत्रले रोजगार मन्त्रालयमा यो काम गर्नुपर्यो भनेर कार्यविधि ल्याउनुस् तुरुन्तै काम हुन्छ : श्रम मन्त्री भण्डारी
विज्ञापन
Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारीले उद्योगी व्यवसायीको समस्या हल गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको २४ औं वार्षिक साधारण सभामा शुक्रबार मन्त्री मण्डारीले विशेषगरी आफूले जिम्मेवारी सम्हालेदेखि विभिन्न समस्या हल गरिसकेको जानकारी दिए । उनले कार्यभार सम्हालेको एक महिना पुग्नै लाग्दा मन्त्रालयबाट भिजिट भिसा प्रकरण देखि विभिन्न समस्याहरु हल गरिसकेको बताए ।

अब, वैदेशिक रोजगारीमा जाने नेपाली नगगिने उल्लेख गर्दै उनले ठगहरुलाई निर्मम भएर कारबाहीको दायरामा ल्याउने बताए । ‘पद बहाली गरेको एक हप्ताभित्र मेडिकल व्यवसायीहरुले विदेश जाने नेपालीमाथि वृद्धि गरेको शुल्क घटाउन लगाए । त्यो तीन हजार रुपैयाँ घटाउनु भनेको दैनिक भिजिट भिसामा विदेशिनेबाट ९० लाख रुपैयाँ जोगाउनु हो । दोस्रो हप्तामा जिट्को भन्ने खारेज गराए,’ मन्त्री सिन्हाले भने,‘इराक जाने एनआरएनएका समस्यालाई तेस्रो हप्तामा हल गर्यौं । जति हल गरेपनि नसकिने समस्याहरु रहेछन् । चौथो हप्तामा हब निर्मम भएर ठोक्नुपर्छ भन्ने लाग्यो । भोली पर्सिबाट ठग्नेलाई ठाउँका ठाउँ घोक्र्याउँछौं । बज्र प्रहार आवश्यक छ, अब जति सकिन्छ हामीले समाधान गर्दै जान्छौं ।’

यस्तै उनले निजी क्षेत्रले ५० हजार नेपालीलाई रोजगारी दिएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बद्ध समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिए । उनले श्रम मन्त्रालयसँग सम्बद्ध समस्याहरु भए तत्काल जानकारी गराउन पनि निजी क्षेत्रलाई आग्रह गरे । उनले भने, ‘तपाईंहरुले ५० हजार मान्छेहरुलाई रोजगारी दिइरहनु भएको छ । ५० हजार रोजगार दिने मान्छेका लागि रोजगार मन्त्रालयले के गर्नुपर्यो त्यो भोली बाटै लिएर आउनु, यो यो कार्यविधि राखेर यस्तो काम गर्नुपर्यो भनेर भन्नु म भोलीबाटै त्यसमा काम थाल्छु, पर्सि नै पास गर्नेगरी द्रुत गतिमा काम गर्ने मन्त्रालयको स्पिरिट छ ।’

उनले श्रम मन्त्रालय अन्र्तगत देखिएका व्यथिति अन्त्य गर्न बज्र प्रहार गरेझैं सरकार प्रतिबद्ध भएर लाग्न आवश्यक भएको उल्लेख गर्दै आफू त्यसमा प्रतिबद्ध रहेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit