Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आन्तरिक राजस्व कार्यालय हेटौँडाले उठायो ५ अर्ब ९२ करोड राजस्व

आन्तरिक राजस्व कार्यालय हेटौँडाले उठायो ५ अर्ब ९२ करोड राजस्व
विज्ञापन
Advertisement

बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा ३४ करोड २१ लाख २४ हजार रुपैयाँ बढी अर्थात् ५ अर्ब ९२ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्ष को वैशाख सम्ममा अन्तशुल्कतर्फ तीन अर्ब ४५ करोड ६२ लाख ६५ हजार रुपैयाँ, आयकरतर्फ १ अर्ब दुई करोड चार लाख ९६ हजार रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ८२ करोड ७१ लाख ५२ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ५१ करोड ९२ लाख ५९ हजार रुपैया, ब्याजकरतर्फ ६ करोड ८३ लाख ७७ हजार रुपैया र बहालकरतर्फ एक करोड ५९ लाख ८८ हजार रुपैया राजस्व सङ्कलन भएको छ ।

प्रमुख सुवेदीका अनुसार चालु आवमा ८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य छ ।

करदाताहरुको घरमा पुग्ने, टेलिफोन र एसएमएस मार्फत ताकेदा गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचारप्रसार गर्नेलगायतका अभियान सञ्चालन गरी करिब १० करोड रुपैया भन्दा बढी पुरानो बक्यौता असुली भएको प्रमुख सुवेदीले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit