images images images
images images images
images
images
images

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको अध्यक्षमा बञ्जाडे, यस्तो बन्यो नयाँ कार्यसमिति

images

काठमाडौं । जुत्ता चप्पल व्यवसायीको छाता संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको अध्यक्षमा सुरज बञ्जाडे निर्वाचित भएका छन् ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको २४ औं वार्षिक साधारण सभामा शुक्रबार कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र थापा, तीन उपाध्यक्षमा योगेन्द्र पाण्डे, जीवनकुमार श्रेष्ठ र शङ्करकुमार गौतम निर्वाचित भए । यस्तै महासचिवमा निर्मल भट्टराई र उपमहासचिवमा सुदीप बराल, सचिवमा छविलाल पौडेल र कोषाध्यक्षमा कुमार न्यौपाने निर्वाचित भएका छन् ।

images
images

कार्यसमितिको सदस्यमा विष्णुप्रसाद पौडेल, शौजन उपाध्याय, रोहितकुमार कार्की, चोलाप्रसाद पाठक, अशोककुमार श्रेष्ठ, सङ्केत मुरारका, राजेश बगडिया÷अग्रवाल, करन गौतम र कुमार लामिछाने निर्वाचित भएका छन् ।

सो अवसरमा एशोसिएसनका नवनिर्वाचित अध्यक्ष बञ्जाडेले नेपाली फुटवेयर उद्योगको प्रवद्र्धन, उत्पादनको गुणस्तर अभिवृद्धि तथा व्यवसायीको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्