काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा माघ १२ गते उदयपुर जिल्लाको रौतामाई नगरपालिका वडा नं. ७ स्थित सभा हलमा कृषि, पशुपंक्षी तथा विपद् बीमा जोखिम न्यूनिकरण सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा तथा रौतामाई नगरपालिका वडा नं. ७ का अध्यक्ष मनोजकुमार राणा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन गाईघाट शाखा प्रमुख धनबहादुर कटूवालले गरेका थिए।
कार्यक्रममा कार्यालयका कृषि तथा पशु प्राविधिक, अन्य कर्मचारी, स्थानीय प्रतिनिधि तथा अगुवा कृषकहरू गरी करिब ४० जनाको सहभागिता रहेको थियो।
सचेतना कार्यक्रमका क्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बीमाको प्रक्रिया, बीमा दाबी गर्दा आवश्यक कागजात तथा सावधानीका विषयमा विस्तृत जानकारी गराएका थिए। उनले बीमामार्फत किसानको जोखिम कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा समेत प्रकाश पारे।
कार्यक्रमले स्थानीय कृषकहरूलाई बीमाप्रति सचेत गराउनुका साथै प्राकृतिक विपद् तथा आकस्मिक जोखिमबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

















प्रतिक्रिया दिनुहोस्