Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

‘युवालाई विदेश पलायन हुनबाट रोक्न सहकारीले योगदान दिनुपर्छ’

‘युवालाई विदेश पलायन हुनबाट रोक्न सहकारीले योगदान दिनुपर्छ’
विज्ञापन
Advertisement

ललितपुर । सहकारी अभियन्ता एवम् सरोकार भएकाहरूले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सहकारीले योगदान दिनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२ को उद्घाटन समारोहमा वक्ताहरूले हाल देखिएका समस्या समाधान गर्दै सहकारीबाट लाभ लिनुपर्नेमा जोड दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव मदन भुजेलले विसं २०४६ को परिवर्तनपछि देशमा समृद्धि ल्याउने अभिप्रायले सहकारीको स्थापना गरिएको बताउँदै यसले रोजगारी र आर्थिक समृद्धिमा धेरै उपलब्धिपूर्ण काम गरेको बताए । उनले सहकारीले वित्तीय पहुँचमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै हाल देखिएका समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।

“सहकारीले महिलाको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । अब युवालाई पनि स्वदेशमै उत्पादन र आर्थिक उपलब्धि हासिल गर्न यस क्षेत्रले भूमिका खेल्नुपर्छ । युवाको योगदानमा आधारित अर्थतन्त्रबिना देशको समृद्धि हासिल हुन सक्दैन”, सचिव भुजेलको भनाइ थियो ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले सहकारी र राज्य मिलेर युवा परिचालनमार्फत नवप्रवर्तन र उद्यमशीलमार्फत समृद्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिए ।महासङ्घका कार्यबाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले धेरै मुलुक सहकारीकै माध्यमबाट समृद्ध भएको उल्लेख गर्दै नेपालमा पनि यसबाट धेरै लाभ लिन सकिने बताए। उनले प्रविधिको प्रयोग र संविधानको भावनाअनुरूप नीतिगत व्यवस्था गर्दै सहकारीलाई अर्थतन्त्रको मजबुत खम्बाको रूपमा विकास गरिनुपर्ने धारणा राखे ।

कार्यक्रमका संयोजक एवम् राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सुमन नेपालले विश्व परिवेशलाई आत्मसात गर्दै युवाहरूको नवीन सोच र प्रविधिप्रतिको दख्खललाई सहकारीको मूल्य–मान्यतासँग जोड्नु नै सम्मेलनको मुख्यध्येय भएको बताए ।

आजबाट सुरु भएको बुधबार सम्पन्न हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit