Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ग्लोबल आइएमई बैंकको खुद नाफा बढ्दा अन्य सूचक कस्ता ?

ग्लोबल आइएमई बैंकको खुद नाफा बढ्दा अन्य सूचक कस्ता ?
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्षको छ महिनामा खुद नाफा बढेर ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको नाफा दोस्रो त्रैमाससम्म ६.५० प्रतिशत वृद्धि भएको हो । यस्तै, चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ९.७४ प्रतिशत बढेर १ अर्ब ७५ करोड ६२ लाख ५५ हजार रुपैयाँ पुगेको छ । साथै कूल १० अर्ब ८७ करोड ९ लाख ३२ हजार रुपैयाँ, सञ्चालन नाफा पनि ४ अर्ब २७ करोड ६३ लाख २७ हजार रुपैयाँ पुगेको छ। यो नाफा गत वर्षको तुलनामा १.७२ प्रतिशतको वृद्धि हो ।

बैंकको खुद ब्याज आम्दानी भने, ३.३३ प्रतिशत घटेर ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४२ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन १०.०३ प्रतिशत वृद्धि भई ६ खर्ब ५ अर्ब ८८ करोड २ लाख ७८ हजार रुपैयाँ, कर्जा प्रवाह ५.५७ प्रतिशत बढेर ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख कर्जा लगानी गरेको थियो।

बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७१.५५ प्रतिशत रहेको छ भने बैंकको आधार दर ५.१६ प्रतिशत छ। ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २७ करोड ८ लाख ४८ हजार रुपैयाँ छ। तर, बैंकको खराब कर्जा भने वृद्धि भएको छ। गत वर्षको पुसमा ४.८६ प्रतिशत रहेको खराब कर्जा चालु आवको सोही अवधिमा ४.९१ प्रतिशत पुगेको छ।

बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १.०४ रुपैयाँ बढेर १७.०६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit