Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनएमबि बैंकमा आजदेखि गोविन्द घिमिरेले सम्हाले सीईओकाे पदभार

एनएमबि बैंकमा आजदेखि गोविन्द घिमिरेले  सम्हाले सीईओकाे पदभार
विज्ञापन
Advertisement

काठमाडाैं । एनएमबि बैंक लिमिटेडले गोविन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। मंगलबारदेखि कार्यान्वयनमा आएको यो नियुक्ति बैंक सञ्चालक समितिको निर्णयअनुसार गरिएको हो। पूर्व सीईओ सुनिल केसीको कार्यकाल समाप्त भएपछि घिमिरेले सीईओको जिम्मेवारी सम्हालेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

बैंक सञ्चालक समितिले २०८२ सालको फागुन महिनामै घिमिरेलाई सीईओ बनाउने निर्णय गरेको थियो। नयाँ नियुक्तिसँगै घिमिरेले आगामी चार वर्षको कार्यकालका लागि एनएमबि बैंकको नेतृत्व गर्नेछन्।

तीन दशकभन्दा बढीको बैंकिङ अनुभव भएका घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन्। उनले बैंकका विभिन्न विभाग र शाखाहरूको नेतृत्व गर्दै डेप्युटी सीईओको भूमिकामा समेत कार्य गरिसकेका छन्।

सुदेश उपाध्याय सिनियर डीसीईओमा

यसैबीच, बैंकले सुदेश उपाध्यायलाई सिनियर डेप्युटी सीईओ पदमा बढुवा गरेको छ। यसअघि उपाध्याय नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। बैंकको नेतृत्वमा आएको यो संरचनात्मक परिवर्तनले व्यवस्थापनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit