
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट माउन्टेन इन्फ्रा कम्पनी बाहिरिने भएको छ ।
माउन्टेन इन्फ्राले आफ्नो स्वामित्वको २ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा राखेको छ । उक्त सेयर बिक्री गरेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट माउन्टेन इन्फ्रा कम्पनी निस्कने जनाएको छ । कम्पनीले उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउने गरी बिक्रीमा राखेको छ । खरिद गर्न इच्छुकले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
यस्तै, नेशनल लघुवित्त संस्थाका ७ जना संस्थापक सेयरधनी पनि बाहिरिँदै छन् । लघुवित्तका सेयरधनी बिमल पाण्डेले १० हजार कित्ता, राम कुमार गौतमले ४ हजार ८ सय कित्ता, मिलन कोइरालाले १ हजार ११५ कित्ता, गौरीशंकर पोदारले २ हजार कित्ता, रमेश कुमार घिमिरेले १ हजार ५८२ कित्ता, महेन्द्र प्रसाद चुडालले ८ हजार कित्ता र तारदेबी गुरूङ्गले ४ हजार ७९ कित्ता सेयर बिक्रीमा राखेका छन् ।
सर्वसाधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउनेगरी खुलाइएको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १० दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।
कालिका लघुवित्त वित्तीय संस्थाका ३ जना संस्थापक सेयरधनीले पनि आ– आफ्ना स्वामित्वको सेयर बिक्रीमा राखेका छन् । लघुवित्तका संस्थापक सेयरधनी रुद्र प्रसाद शर्माले ७ हजार १४० कित्ता, लक्ष्मी सुवेदीले २ हजार कित्ता र महान बहादुरले १ हजार ५ सय कित्ता सेयर बेच्न लागेका हुन् । लघुवित्तको उक्त सेयरमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिद नगरे सर्वसाधारण लगानीकर्ताहरूलाई सो सेयर बिक्री खुला गरिने लघुवित्तले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्