Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण थालियो, केही स्थानमा समस्या

कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण थालियो, केही स्थानमा समस्या
विज्ञापन
Advertisement

सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण गरिएको छ। आयोजना निर्माण सम्पन्न भएसँगै शुक्रबार उक्त लाइन परिक्षण गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

१३२ केभी प्रशारण लाइनको निर्माण सम्पन्न भएसँगै कर्णालीबासीले भोग्दै आएको विद्युत समस्या अब समाधान हुने अपेक्षा गरिएको छ । सात वर्षअघि निर्माण थालिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण आयोजना सञ्चालनमा आएपछि कर्णालीको विद्युत् आपूर्तिमा हुने अनियमितता तथा लो भोल्टेजको समस्या समाधान हुने अपेक्षा स्थानीयको छ ।

शुक्रबार प्रशारण लाईनको परिक्षण थालिएको आयोजना प्रमुख रवी चौधरीले बताए। उनका अनुसार छिटफुट ठाउँहरुमा बाहेक कतै समस्या देखिएको छैन । परीक्षण सफल भए लगत्तै नियमित विद्युत प्रशारण गरिने उनले बताए। ‘शुक्रबार कोहलपुर–सुर्खेत १३२ प्रशारण लाईनको परिक्षण गरिएको छ’ उनले भने, ‘कहिँकतै विद्युत चुहावटको समस्या भएपनि अन्य सबै ठाउँमा सफल भइरहेको छ।’

बाँकेको कोहलपुरस्थित सबस्टेशनदेखि वीरेन्द्रनगरको सुब्बाकुनामा निर्माण गरिएको सबस्टेशनमा डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरेर परीक्षण गरिएको उनले जानकारी दिए । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर नगरपालिकाको वडा नं. १० चटार, वडा नं.१३ सिम्रिक क्षेत्रसहित बैजनाथ गाउँपालिका वडा नं. ४ बाँनियाभार र वडा नं.१ गाभर क्षेत्र पर्दछन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नं। १ बबई क्षेत्र हुँदै प्रसारण लाइन विस्तार गरिएको छ ।

सुर्खेतमा भेरीगंगा नगरपालिकाको वडा नं.५ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रसहित वडा नं. ४ हर्रे र ताउलेखोला, वडा नंं. १० को झिलमिले र थानीचौरलगायतका क्षेत्र पनि विद्युत प्रसारण लाइन आयोजना क्षेत्रमा छन्। त्यसबाहेक पनि भेरीगंगाकै वडा नं.१२ र वडा नं. १३ मा पर्ने सामुदायिक वन र वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ सुब्बाकुना यो आयोजनासँग जोडिएका छन् ।

परीक्षणपश्चात् आयोजना सञ्चालनमा आउने कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना २०७७ सालदेखि सुरुवात गरिएको थियो। भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रुख कटानदेखि बाँकेको बाँनियाभार र वीरेन्द्रनगरको सुब्बाकुना क्षेत्रमा जग्गा विवाद भए पछि आयोजना सञ्चालनमा ढिलाई भएको पनि पटक–पटक म्याद थप गरेर आयोजना निर्माण कार्य सकिएको छ ।

०८० चैतमा सकिएको आयोजनाको पहिलो म्याद २०८१ पुस १६ सम्म थपिएको थियो । तर, त्यो अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि दोस्रो थप गरेर ०८२ माघ मसान्तसम्म पु¥याइएको हो । बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनसम्मको प्रसारण लाइनको दूरी ५२ किलोमिटर छ ।

कोहलपुर–सुर्खेतसम्म १६१ वटा टावर रहेका छन् । सुर्खेतमा २०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको थियो । अहिले ३३ केभी प्रसारण लाइनको विद्युत् सुर्खेतलगायत कर्णाली प्रदेशका जिल्लाहरूमा सञ्चालनमा रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit