काठमाडौं । नेपाल बिमा प्राधिकरणले विभिन्न बिमा कम्पनीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक नियुक्त गर्न निर्देशन दिएको छ।
प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ, हिमालयन लाइफ, क्रेष्ट माइक्रो, प्रोटेक्टिभ माइक्रो र लिबर्टी माइक्रो इन्स्योरेन्सलाई तत्काल निमित्त नेतृत्व तोक्न पत्राचार गरेको जनाएको छ।
हिमालयन रिइन्स्योरेन्सले वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) मुकेश कुमार कपुरलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेपनि कपुरले नियुक्ति लिएको एक सातामै पदबाट राजीनामा दिएका छन् ।
सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर गरेपछि रिक्त रहेका ८ वटा बिमा कम्पनीमध्ये यसअघि नेपाल पुनर्बिमा र नेपाल माइक्रो इन्स्योरेन्सले निमित्त नेतृत्व नियुक्त गरिसकेका छन्।















प्रतिक्रिया दिनुहोस्