Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौती बनेको छ : प्रहरी महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौती बनेको छ : प्रहरी महानिरीक्षक कार्की
विज्ञापन
Advertisement

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवन बढ्दो क्रममा रहेको भन्दै यसको नियन्त्रणलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्य, युवाको सुरक्षा र देशको भविष्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताए।

‘लागूऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव नेपालमा वृद्धि भएको तथ्यांकले पनि स्पष्ट गरिसकेको छ,’ उनले भने, ‘यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा हामी सबै संवेदनशील हुनुपर्छ। यो कानुन कार्यान्वयनको मात्र विषय होइन, जनस्वास्थ्यको विषय पनि हो। युवाहरूको स्वास्थ्य, सुरक्षा र सम्भावनामाथि असर पार्ने भएकाले यसलाई राष्ट्रिय चुनौतीका रूपमा हेर्नुपर्ने अवस्था आएको छ।’

कार्कीका अनुसार विगत पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा प्रत्येक वर्ष औसत चार हजार लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुने र करिब आठ हजार अभियुक्त पक्राउ पर्ने गरेका छन्।

उनले चालु आर्थिक वर्ष २०८२र८३ मा हालसम्म पाँच हजार ४७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भइसकेको जानकारी दिए। यस अवधिमा लागुऔषध कसूरमा सात हजार ७२५ नेपाली, ३२८ भारतीय र १५ अन्य विदेशी नागरिक गरी कुल आठ हजार ६८ जना अभियुक्त पक्राउ परेका छन्।

बरामद लागुऔषधको विवरण प्रस्तुत गर्दै उनले सबैभन्दा बढी ४५ हजार ८५० किलोग्राम गाँजा, ४७७ किलोग्राम चरेस, ४३ किलोग्राम हिरोइन, पाँच किलोग्राम ७६८ ग्राम कोकिन तथा १२५ किलोग्राम ६६ ग्राम अफिम बरामद गरिएको जानकारी दिए।

प्रहरी महानिरीक्षक कार्कीले लागुऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, सरकारी निकाय, समुदाय, अभिभावक, शैक्षिक संस्था तथा नागरिक समाजबीच समन्वय र सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit