Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नेपालका लागि केवासी इलेक्ट्रिक भ्यानको आधिकारिक वितरक इलेक्ट्रिक ड्रीम्स मोबिलिटी

नेपालका लागि केवासी इलेक्ट्रिक भ्यानको आधिकारिक वितरक इलेक्ट्रिक ड्रीम्स मोबिलिटी
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने  केवाइसी ब्रान्डका इलेक्ट्रिक भ्यानको नेपालभरिका लागि आधिकारिक वितरकका रूपमा श्री इलेक्ट्रिक ड्रीम्स मोबिलिटी प्रा.लि. रहेको स्पष्ट पारिएको छ। कम्पनीका अनुसार २१ जुलाई २०२५ देखि नेपालका सम्पूर्ण भूभागमा केवासी  ब्रान्डका इलेक्ट्रिक भ्यानको आधिकारिक बिक्री, वितरण, वारेन्टी, स्पेयर पार्ट्स तथा अफ्टर सेल्स सेवाको जिम्मेवारी इलेक्ट्रिक ड्रीम्स मोबिलिटीले वहन गर्दै आएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले पछिल्लो समय केही तेस्रो पक्षले निजी स्वार्थबाट प्रेरित भई विभिन्न सञ्चार माध्यममार्फत भ्रामक समाचार तथा विज्ञापन सम्प्रेषण गरी ग्राहकहरूमा अन्योल सिर्जना गर्ने प्रयास भइरहेको जनाएको छ। ती तथ्यहिन सूचनाहरूले केवासी ब्रान्डका इलेक्ट्रिक भ्यानको बिक्री वितरण, वारेन्टी तथा अफ्टर सेल्स सेवामा अवरोध पुर्‍याउने नियत राखेको कम्पनीको दाबी छ।

इलेक्ट्रिक ड्रीम्स मोबिलिटीले यस्ता भ्रामक सूचनाको पछि नलाग्न सबै ग्राहक, सरोकारवाला तथा सम्भावित ग्राहकहरूलाई आग्रह गर्दै केवासी ब्रान्डका इलेक्ट्रिक भ्यानको बिक्री, वारेन्टी (स्पेयर पार्ट्स सहित) र सम्पूर्ण अफ्टर सेल्स सेवाहरू पूर्ण रूपमा कम्पनीमार्फत नियमित र सुचारु अवस्थामा रहेको स्पष्ट पारेको छ। साथै, यस सम्बन्धमा कुनै पनि अदालत वा अन्य सरकारी निकायबाट रोकतोक नरहेको जानकारी पनि कम्पनीले दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit