Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ
विज्ञापन
Advertisement

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रसाईंलाई निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी अभिव्यक्ति दिएको आरोपमा साइबर ब्यूरोले काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलबाट शुक्रबार पक्राउ गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

निर्वाचन आयोगको पत्र बमोजिम उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ। उनले निर्वाचन नहुने भन्दै अभिव्यक्ति दिएर भ्रम छरेको बताइएको छ।

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन्।

गत माघ ६ गते मात्र प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । निर्वाचन भाड्न सक्ने आशंकामा पछिल्लो समय प्रहरीले प्रसाईंमाथी निगरानी बढाएको छ। फाइल फोटो

 

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit