काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा अवार्ड पाएको छ ।
इन्डियन चेम्बर अफ कमर्स द्धारा रामब्रन्त, बैकंकमा आयोजित छैठौँ संस्करणको इमर्जिङ एसिया अवार्ड अन्तर्गत कम्पनीले उत्कृष्ट ग्राहमुखि सेवा, बीमा कभरेजमा उत्कृष्ट रणनीति मा संयुक्त अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्डमा जित्न सफल भएको हो ।
यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट अन्तराष्ट्रिय निर्णायकमण्डलले निर्णय गरेको थियो ।

यस कार्यक्रमले आई.एम.ई. लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार देशभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ।
कार्यक्रममा आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीको प्रतिनिधित्व गर्दै डिजिटल प्रविधि, एआईको उपयोग र बीमा उद्योगका चुनौती र सकारात्मक पक्षहरूमाथि भएको छलफलमा भाग लिएका थिए ।















प्रतिक्रिया दिनुहोस्