Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

कोटेश्वरको भाटभटेनीलाई पुःन सञ्चालनमा ल्याउँदै गुरुङले भने-नेपालमा अब कहिल्यै आन्दोलन नहोस्

कोटेश्वरको भाटभटेनीलाई पुःन सञ्चालनमा ल्याउँदै गुरुङले भने-नेपालमा अब कहिल्यै आन्दोलन नहोस्
विज्ञापन
Advertisement

काठमाडौं। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ।

विज्ञापन
Advertisement
Advertisement

करिब ५ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपश्चात् आजबाट सुपरमार्केट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।

आगजनी गरिएको ठिक पाँच महिना पुगेकै दिनबाट उक्त स्टोर सञ्चालनमा ल्याइएको छ। भदौ २४ मा काठमाडौंसहित देशभर भाटभटेनीका १२ स्टोरमा तोडफोड र लुटपाटपछि आगजनी गरिँदा पूर्णरुपमा जलेर नष्ट भएको थियो । सो मध्ये कोटेश्वरस्थित स्टोरलाई शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइएको भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।

“हामीले मुख्य वेयरहाउस आजभन्दा दुई महिना अघि नै सञ्चालनमा ल्यायौँ । आजदेखि कोटेश्वर स्टोर पूर्णरुपमा सञ्चालनमा आएको छ।” उद्घाटन कार्यक्रममा अध्यक्ष गुरुङले आफू भदौ २४ गतेको घटनाबाट अगाडि बढेको बताए । उनले त्यस घटनालाई भित्री मनमा राखेर नयाँ सुरुवात गरेको उल्लेख गर्दे भने, “ मैले यही भनेको छु, हे भगवान अब यस्तो (भदौ २४) को घटना मेरो देश नेपालमा कहिल्यै नहोस्।”

गुरुङका अनुसार भदौ २४ मा भएको आगजनीबाट कम्तिमा पनि १७ अर्बरुपैयाँ बराबरको नोक्सानी भएको छ । भदौ २४ गते उपत्यकाभित्रका बौद्ध, नक्साल, कोटेश्वर र महाराजगञ्जक सहित ५ स्टोरमा आगजनी र लुटपाट भएको थियो । उपत्यकाबाहिर भने, पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर, धरानका स्टोरहरुमा आगजनी हुँदा अरू ९ वटा शाखामा पनि तोडफोड र लुटपाट भएको थियो।

व्यवस्थापनले यसअघि गत् मंसिर १८ मा बालुवाटारस्थित वेयर हाउस पनि सञ्चालनमा ल्याइसकेको छ । यसपछि महाराजगञ्जको स्टोर पनि पुनः सञ्चालनमा ल्याउने तयारी भैरहेको बताइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit