काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लगनखेल शाखाबाट प्रवाह गर्दै आएको सेवालाई कुमारिपाटीस्थित नयाँ भवनबाट प्रदान गर्ने जनाएको छ ।
कम्पनीको भौतिक पूर्वाधार सुदृढीकरणको रणनीति अनुरूप ललितपुर महानगरपालिका वडा नं.१९ कुमारिपाटीमा कम्पनीको आधुनिक सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरी मंगलबार देखि सोही भवनबाट सेवा प्रवाह गरेको जनाएको छ ।
यो सँगै कम्पनीले साबिक लगनखेल शाखाबाट ग्राहकलाई प्रदान गरिँदै आएका सम्पूर्ण बीमा सेवाहरू नयाँ स्थानबाट निरन्तर रूपमा उपलब्ध गराउने जनाएको छ ।
आफ्नै भवनबाट सेवा सञ्चालन प्रारम्भ भएसँगै ग्राहक सेवा थप व्यवस्थित, सहज, तथा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । साथै कम्पनीले सधैं ग्राहक–केन्द्रित सेवा लाई प्राथमिकतामा राख्न दृढ संकल्पित गरेको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्