Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सुनचाँदी व्यवसायिका समस्या समाधानमा सहायता पुर्याउन (हेल्प डेस्क) सञ्चालनमा

सुनचाँदी व्यवसायिका समस्या समाधानमा सहायता पुर्याउन (हेल्प डेस्क) सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले व्यवसायीहरूको सहजताका लागि ‘व्यावसायिक सहायता कक्ष’ (हेल्प डेस्क) सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

त्रिपुरेश्वरस्थित महासंघको सचिवालयमा आयोजित एक विशेष समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले उक्त सहायता कक्षको सोमबार उद्घाटन गरेका हुन्।

सुन, चाँदी, रत्न तथा आभूषण व्यवसायीहरूलाई प्रचलित ऐन, कानुन र नियमहरूबारे सचेतना जगाउने, प्रशिक्षण दिने तथा व्यावसायिक प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थाको १३ औँ वार्षिकोत्सवको अवसरमा उक्त सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

यस सहायता कक्षमार्फत व्यवसायीहरूले कानुनी तथा लेखा परामर्श, नियामक व्यवस्थासम्बन्धी जानकारी तथा व्यवसायिक समस्या समाधानका लागि आवश्यक सहयोग पाउने महासंघले जनाएको छ। संस्थाको यस पहलले सुन, चाँदी तथा आभूषण व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र सम्मानित बनाउँदै व्यवसायी र सरोकारवाला निकायबीच समन्वय र विश्वासको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको महासंघका अध्यक्ष किसान सुनारले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit