Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

धुनिबेशी नगरपालिकाले ल्यायो १ अर्ब ४ करोडको बजेट, पुँजीगततर्फ ४९.०८ प्रतिशत विनियोजन

धुनिबेशी नगरपालिकाले ल्यायो १ अर्ब ४ करोडको बजेट, पुँजीगततर्फ ४९.०८ प्रतिशत विनियोजन
विज्ञापन
Advertisement

काठमाडौं । धादिङको धुनिबेशी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८०० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार सम्पन्न नगरपालिकाको १९औँ नगरसभामा नगर प्रमुख बालकृष्ण आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने नगर उपप्रमुख सुरज उप्रेतीले बजेट पेश गरेका हुन्।

कुल बजेटमध्ये चालुतर्फ ५२ करोड ९४ लाख २० हजार ८०० रुपैयाँ तथा पुँजीगततर्फ ५१ करोड १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ५०.९२ प्रतिशत चालु खर्च र ४९.०८ प्रतिशत पुँजीगत खर्च रहेको उपप्रमुख उप्रेतीले बताए।

राजस्व तथा अनुदान स्रोततर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १४ करोड २४ लाख, सशर्त अनुदान २० करोड ८६ लाख, समपूरक अनुदान १ करोड ८ लाख र विशेष अनुदान १ करोड ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३८ लाख १९ हजार, सशर्त अनुदान २ करोड ३९ लाख ५० हजार, विशेष अनुदान ७० लाख र समपूरक अनुदान २ करोड ४० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

नगरपालिकाले राजस्व बाँडफाँटबाट १८ करोड ९९ लाख ९८ हजार १९० रुपैयाँ, संघीय सरकारबाट अन्य अनुदान ३ करोड रुपैयाँ, जिल्ला समन्वय समिति धादिङबाट १ करोड २५ लाख रुपैयाँ पुँजीगत अनुदान तथा आन्तरिक राजस्वबाट ६ करोड १० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ। नगरपालिकाको बैंक मौज्दातमा हाल २९ करोड ६० लाख रुपैयाँ रहेको जनाइएको छ।

क्षेत्रगत विनियोजनतर्फ आर्थिक विकासका लागि ६ करोड १० लाख १० हजार रुपैयाँ, सामाजिक विकासका लागि ३२ करोड ८७ लाख ८०० रुपैयाँ, रोजगार तथा पूर्वाधार विकासका लागि ३० करोड ८८ लाख रुपैयाँ तथा प्रशासनिक खर्चका लागि ३४ करोड १० लाख रुपैयाँ छुट्याइएको उपप्रमुख उप्रेतीले जानकारी दिए।

नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकास, सामाजिक सेवा विस्तार, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधि प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit