Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका लागि मानवीय र पुनर्निर्माण सहायता स्वरुप पाँच अर्व डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सामाजिक सञ्जाल मार्फत ट्रम्पले सन् २०२६ फेब्रुअरी – १९, मा, शान्ति बोर्डका सदस्यहरूमा सामेल हुने र जहाँ सदस्य राष्ट्रहरूले मानवीय प्रयास र गाजाको पुनर्निर्माणलाई सहयोगको प्रतिज्ञा गरेको घोषणा गर्ने जानकारी दिएका छन्। गाजामा सुरक्षा कायम गर्न अन्तर्राष्ट्रिय स्थिरीकरण बल (आइएसएफ) र स्थानीय प्रहरीमा हजारौं कर्मचारी नियुक्त गरिएकोसमेत उनले बताए ।

आसन्न बैठकले शान्ति बोर्डको पहिलो आधिकारिकतालाई जनाउने छ । राष्ट्रपति ट्रम्पले यो पहल गाजाको भविष्यको निर्णायक बिन्दु भएको उल्लेख गरेका छन् । न्युयोर्क टाइम्सले यस अघि अमेरिकाले गाजामा शान्ति बोर्ड स्थापनाको परियोजनाहरूका लागि एक अर्ब डलर भन्दा बढी रकम दिने बाचा गरेको जनाएको थियो।

ह्वाइट हाउसका एक अधिकारीले आगामी दिनमा थप प्रतिज्ञाहरू अपेक्षा गरेको जनाउदै गत सेप्टेम्बरमा घोषणा गरिएको ट्रम्पको २०–बुदे शान्ति योजनाले युद्धविरामको लागि मार्ग प्रशस्त गर्ने र शान्ति बोर्डले कोष व्यवस्थापन गर्ने जनाएका छन् । स्रोतका अनुसार वित्तीय प्रतिज्ञाहरूको ठुलो हिस्सा गाजामा मानवीय परियोजनाहरूका साथै आइएसएफका लागि समर्थनका लागि तोकिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जनवरी– २२ मा सुरु गरिएको शान्ति बोर्डमा अहिले सम्म २० भन्दा बढी देश सामेल भइसकेका छन् । बोर्डको स्थापना चार्टर स्विजरल्याण्डको डाभोसमा विश्व आर्थिक फोरमको एक समारोहमा हस्ताक्षर गरिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit