Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

भूकम्पले थलिएको भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा

भूकम्पले थलिएको भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । भेनेजुएलाको राजधानी काराकास केन्द्रबिन्दु भएर बुधबार शक्तिशाली दुईवटा भूकम्प गएपछि विभिन्न देशहरूले मानवीय सहायता, उद्धार टोली र स्वास्थ्यकर्मी पठाउने घोषणा गरेका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहँदा अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको प्रतिबद्धता आउने क्रम बढेको  हाे ।

विज्ञापन
Advertisement
Advertisement

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सहयोगको प्रतिबद्धता जनाउने विश्व नेताहरूलाई धन्यवाद दिँदै आवश्यक समन्वयपछि सहायता स्वीकार गरिने बताएकी छन्। भूकम्पका कारण भवनहरू भत्किनुका साथै विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले उद्धार तथा स्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्ति पठाउने तयारी गरिएको जानकारी दिएकी छन्। इक्वेडरका राष्ट्रपति ड्यानियल नोबोआले तत्काल मानवीय सहायता उपलब्ध गराउने घोषणा गर्दै प्राकृतिक विपत्तिका बेला मानवता सबैभन्दा माथि हुनुपर्ने बताएका छन्।

डोमिनिकन रिपब्लिकका राष्ट्रपति लुइस अबिनाडेरले राष्ट्रपति रोड्रिगेजसँग टेलिफोन संवाद गर्दै खोज तथा उद्धारका लागि विशेष टोली र आपतकालीन सेवा समूह भेनेजुएला पठाइने बताएका छन्। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि पुनःस्थापनामा सहयोग गर्न सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले ३०० उद्धारकर्मी, स्वास्थ्यकर्मी तथा ५० टन राहत सामग्री, औषधि र अत्यावश्यक सामान काराकासतर्फ पठाउने तयारी गरिएको बताएका छन्। अमेरिकाका उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले पनि आवश्यक सहायता परिचालन भइरहेको जनाउँदै भेनेजुएली जनताको साथमा अमेरिका रहेको बताएका छन्।

यस्तै चिली, होन्डुरस र अर्जेन्टिनाले पनि आवश्यक परे मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। अर्जेन्टिनाले प्राकृतिक विपत्तिको समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सहयोग गर्न तयार रहेको जनाएको छ। कोलम्बियाका पूर्वराष्ट्रपति आल्भारो उरिबे भेलेजले पनि सामाजिक सञ्जालमार्फत भेनेजुएली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।

भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियानलाई तीव्र पारिएको छ। क्षतिको पूर्ण विवरण अझै सार्वजनिक नभए पनि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले उद्धार र पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

(एएनआई)

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit